अर्थमन्त्री शर्मा र बेलायती राजदूत पोलिटबीच जलवायु परिवर्तनबारे छलफल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अर्थमन्त्री शर्मा र बेलायती राजदूत पोलिटबीच जलवायु परिवर्तनबारे छलफल


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच जलवायु परिवर्तन र यसले पारेको असरबारे छलफल भएको छ ।

आइतबार (आज) मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्‍याएको जनधन र पूर्वाधार क्षतिका सम्बन्धमा समेत कुराकानी भएको छ । पुनर्स्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको र यसका लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराएका छन् ।

छलफलमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस