विराटनगर । प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली काँग्रेसले माग गरेको छ ।
संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन् ।
आज आइतबार विश्वासको मतका लागि सभामुखले प्रदेशसभा बैठक बोलाएका छन् ।
फ्लोर क्रस गर्ने सूचना पाएपछि काँग्रेसले बैठक रोक्न निवेदन दिएको छ । एमालेले पनि कात्तिक १५ गतेसम्म बैठक रोक्न आग्रह गरेको छ ।
संसदमा निवेदनपछि काँग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठकअघि संसदीय दलका नेता कोइरालाले बागमती र प्रदेश १ मा छुट्टाछुट्टै नियम लागू नहुने बताए ।







