पार्टी संरचना कब्जा गर्ने फोहोरी खेलमा नेतृत्व लाग्दा काँग्रेसमाथि अवैधको प्रश्न उठ्यो : नेता सिंह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पार्टी संरचना कब्जा गर्ने फोहोरी खेलमा नेतृत्व लाग्दा काँग्रेसमाथि अवैधको प्रश्न उठ्यो : नेता सिंह


७ कार्तिक २०७८, आइतबार


जनकपुर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा काँग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् ।

जनकपुरमा संवाददाताहरुसँग नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाए ।

केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुङ्ग्याउनु नेतृत्वको चरम अक्षमता र लापरबाही भएको उनको भनाइ थियो ।

पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने चेतावनी सिंहले दिए । तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा उनको जोड थियो ।

आफ्नो स्वार्थ पुरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गरे ।

१४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने दृढता देखाउँदै सिंहले भने, ‘महाधिवेशन सुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो रु परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ ।’

महाधिवेशनलाई खेलाँचीका रुपमा लिइएमा सह्य नहुने चेतावनी दिँदै सिंहले भने , ‘१४ औँ महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ । म सभापतिको अभियानमा होमिइसकेँ ।’

पाटीलाई संस्थागत गर्ने एक सूत्रीय अभियान आफ्नो रहेको भन्दै उहाँले भन्नुभयो, ‘ए काँग्रेस, बी काँग्रेस भन्ने गूटीय अवधारणा समाप्त गर्नुपर्दछ । विधि नियम अनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस