पर्यटन बोर्ड र भारतको टाइबिच पर्यटन प्रवर्द्धनका लागि आपसी सम्झौता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्यटन बोर्ड र भारतको टाइबिच पर्यटन प्रवर्द्धनका लागि आपसी सम्झौता


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । नेपाल पर्यटन बोर्ड र भारतको ट्राभल एजेन्टस् एसोसिएसन अफ इन्डिया (टाइ ) बिच पर्यटन प्रवर्द्धनका लागि आपसी सहकार्य गर्ने सम्झौता भएको छ ।

नयाँ दिल्लीमा शुक्रबार भएको एक कार्यक्रमबिच नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र ट्राभल एजेन्टस एसोसिएसन अफ इन्डिया (टाइ) का अध्यक्ष ज्योती मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम इभेन्ट, रोड सो, वेविनार जस्ता कार्यक्रमहरुमा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्ने लगायतका विषयहरु समावेश रहेका छन् ।

भारत नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेकोले यस सम्झौताले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए ।

एक अर्को देशमा भएका पर्यटन प्रवर्द्धनका राम्रा अभ्यासहरु आदान प्रदान गर्दा दुवै देशको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस