प्रदेश–१ को प्रदेशसभा बैठक रोक्न काँग्रेसको माग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश–१ को प्रदेशसभा बैठक रोक्न काँग्रेसको माग


७ कार्तिक २०७८, आइतबार


विराटनगर । नेपाली काँग्रेस प्रदेश नम्बर–१ ले आज (आइतबार) को प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ ।

मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने कार्यसूची छ ।

पार्टीभित्र छलफल गर्नुपर्ने र पार्टीका सभापति शेरबहादुर देउवा प्रदेश–१ का बाढी प्रभावित क्षेत्रको भ्रमणमा आएका कारण बैठक रोक्न माग गरिएको काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए ।

कतिपय सांसद सभापतिको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले पनि बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयसमक्ष लिखित माग गरिएको प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए । उनले भने, ‘पार्टीभित्र छलफल समेत गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गर्न माग गरेका हौँ ।’

प्रमुख सचेतक कार्कीले निवेदन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

काँग्रेस र नेकपा (माओवादी केन्द्र)का केही सांसदले मत विभाजनमा ‘फ्लोर क्रस’ गर्ने सम्भावना देखिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस