धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिए


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन् ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय काजमा खटाइएको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारका अनुसार धनुषामा प्रहरी प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक बसन्त रजौरे र सर्लाहीमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँलाई खटाउने निर्णय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस