Logo १८ कार्तिक २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कतारमा अवैध रूपमा बस्दै आएका नेपाली श्रमिकलाई आममाफी दिइने


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । कतारमा अवैध रूपमा रहेका नेपाली श्रमिकका लागि त्यहाँको सरकारले आममाफीको योजना ल्याएको छ ।

रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आइडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफी दिने घोषणा सरकारले गरेको हो ।

कतार सरकारले कतारमा अवैध भएर बसेकालाई कतारमै रहेर वैध भई काम नियमित गर्ने वा स्वदेश फर्कने दुवै विकल्प खुला गरेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अवैध भएका नेपाली नागरिकले २०७८ असोज २४ देखि पुस १६ सम्म घोषणामा उल्लेखित विभाग तथा सेवा केन्द्रमा गई आफ्नो कानुनी हैसियत नियमित गर्न सक्ने छन् । यद्यपि साढे तीन लाख नेपाली कार्यरत रहेको कतारमा कति नेपाली अवैध रूपमा बस्दै आएका छन्, त्यसको तथ्याङ्क छैन ।

विभिन्न कारणले लामो समयदेखि बिना कागजात काम गरिरहेका श्रमिकलाई कुनै रोजगारदाता कम्पनीबाट ‘जब अफर लेटर’ लिई आवश्यक कागजातसहित तोकिएका सेवा केन्द्रबाट वैधानिक हुन सक्ने व्यवस्था गरिएको पनि दूतावासले जानकारी गराएको छ ।

यसका लागि कतार सरकारले तोकेका पाँच वटा सेवा केन्द्रमा गएर हालसम्मको जरिवाना छुट तथा मिनाहा गरी कम्पनीमा रोजगारीका लागि कागजात नियमित गर्न सकिने व्यवस्था रहेकाले यस अवसरलाई सदुपयोग गर्न दूतावासले नेपाली श्रमिकलाई आग्रह गरेको छ ।

रोजगारी सुनिश्चित नभएकाको हकमा स्वदेश फिर्ता सहजीकरणका लागि सर्च एन्ड फलो अफ डिपार्टमेन्ट ९एसएफडी०मा रहेको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट तथा मिनाहा गरी स्वदेश फर्कने व्यवस्था गरेको छ ।

यसैगरी भ्रमण भिसामा कतार आएका तर भिसाको म्याद समाप्त भई कतार बसाइ अवैध भएकाको हकमा समेत नेपाल फर्कने टिकटको बुकिङ लिएर एसएफडीमा उपस्थित भएमा हालसम्मको दण्ड जरिवाना छुट तथा मिनाहा गरी स्वदेश फर्कन दिइने व्यवस्था रहेको दूतावासले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस