आजको मौसम : सातवटै प्रदेशमा हल्का वर्षा , उच्च पहाडी तथा हिमालमा हिमपातको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : सातवटै प्रदेशमा हल्का वर्षा , उच्च पहाडी तथा हिमालमा हिमपातको सम्भावना


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । आज (आइतबार) पनि देशका विभिन्न क्षेत्रमा पानी पर्ने भएको छ ।

वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा अहिले (बिहान) हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । वाग्मती प्रदेश र प्रदेश १ का थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस