२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जालको दुरुपयोग नगर्न गाउँपालिकाद्वारा कर्मचारीलाई सचेत

अ+ अ-

भोजपुर । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै भोजपुरको रामप्रसादराई गाउँपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकलाई सामाजिक सञ्जाल प्रयोगबारे सचेत गराएको छ ।

गाउँपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै पालिकाभरिका सबै राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक लगायतलाई सामाजिक सञ्जालको दुरुपयोग नगर्न/नगराउन सचेत गराएको हो ।

‘सामाजिक सञ्जालको सदुपयोग सँगै दुरुपयोग पनि बढ्दै गएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको गरीमा र मर्यादामा आँच आउने गरी राष्ट्रसेवक कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू, शिक्षकहरूले पालना गर्नुपर्ने सामान्य आचरण र अनुशासनको उल्घनहुने गरी कुनैपनि गतिविधि सामाजिक सञ्जालमा नगर्न, नगराउन अनुरोध छ ।’

साथै यस्ता प्रकृतिको गतिविधि यस गाउँपालिकाको राष्ट्रसेवक कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू, शिक्षकहरूले भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको लागी सम्बन्धित निकायमा लेखी पठाउने पनि पालिकाले जनाएको छ ।