सामाजिक सञ्जालको दुरुपयोग नगर्न गाउँपालिकाद्वारा कर्मचारीलाई सचेत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सामाजिक सञ्जालको दुरुपयोग नगर्न गाउँपालिकाद्वारा कर्मचारीलाई सचेत


६ कार्तिक २०७८, शनिबार


भोजपुर । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै भोजपुरको रामप्रसादराई गाउँपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकलाई सामाजिक सञ्जाल प्रयोगबारे सचेत गराएको छ ।

गाउँपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै पालिकाभरिका सबै राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक लगायतलाई सामाजिक सञ्जालको दुरुपयोग नगर्न/नगराउन सचेत गराएको हो ।

‘सामाजिक सञ्जालको सदुपयोग सँगै दुरुपयोग पनि बढ्दै गएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको गरीमा र मर्यादामा आँच आउने गरी राष्ट्रसेवक कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू, शिक्षकहरूले पालना गर्नुपर्ने सामान्य आचरण र अनुशासनको उल्घनहुने गरी कुनैपनि गतिविधि सामाजिक सञ्जालमा नगर्न, नगराउन अनुरोध छ ।’

साथै यस्ता प्रकृतिको गतिविधि यस गाउँपालिकाको राष्ट्रसेवक कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू, शिक्षकहरूले भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको लागी सम्बन्धित निकायमा लेखी पठाउने पनि पालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस