चितवनको रत्ननगर अस्पतालमा तोडफोड « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

चितवनको रत्ननगर अस्पतालमा तोडफोड


५ कार्तिक २०७८, शुक्रबार


चितवन । चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डमाथि पनि कुटपिट भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्ववन्धु बगालेले ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको बताए ।

उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथि समेत हातपातको प्रयास गरेका बगालेले बताए ।

तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान भएको छैन । उनीहरु फरार छन् । तोडफोड र कुटपिटमा संलग्नहरुको सिसिटिभी फुटेज छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमै छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको मेसु डा. बगालेले जानकारी दिए ।

उनले राती डिउटीमा आएर तोडफोड गरेर स्वास्थ्यकर्मीको मनोबल घटाउने र ज्यानकैसमेत सुरक्षाको सवाल भएकाले स्थानीय प्रशासनले दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस