अहिलेकै प्रतिनिधिसभाबाट एमसिसी पास हुन्छ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अहिलेकै प्रतिनिधिसभाबाट एमसिसी पास हुन्छ : प्रधानमन्त्री देउवा


५ कार्तिक २०७८, शुक्रबार


नेपाली काँग्रेस

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै प्रतिनिधि सभाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुने बताएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसिसी पास हुने बताएका हुन् ।

सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा बाढीपहिरोले पारेको क्षति बुझेर धनगढी पुगेका प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने दोहोर्‍याए।

उनले बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको पनि बताए। फरक प्रसङ्गमा उनले सुदूरपश्चिम प्रदेश लगायतका सरकार परिवर्तनका विषयमा गठबन्धनले आवश्यक निर्णय गर्ने बताए ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेसको महाधिवेशन सम्बन्धी काम निर्वाचन समितिले निर्णय गरे बमोजिम हुने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस