न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँट, २१ लाख ४८ हजार आवेदकको हात खाली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँट, २१ लाख ४८ हजार आवेदकको हात खाली


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको सेयर आज (शुक्रबार) बाँडफाँट गरेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजे सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

सर्वसाधारणका लागि निष्कासनमा गरेको सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको छ ।

कम्पनीको आइपिओमा पछिल्लो तथ्यांकअनुसार २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको थियो ।

यो सर्वसाधारणलाई निष्कासन गरेको २० लाख ९२ हजार ५०० कित्ताको १४.०९ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण गरेको हो ।

जसअनुसार २ लाख ९ हजार २ सय ५० आवेदकले गोला प्रथाबाट न्यूनतम १० कित्ता सेयर पाए भने बाँकी २१ लाख ४८ हजार आवेदकको हात खाली भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस