२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दै छ।

ललितपुरस्थित पुष्पलाल स्मृति भवन च्यासलमा हिजो (बिहीबार)देखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक विषयमा केन्द्रित छ ।

आज (शुक्रबार) दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित केही विषय तथा १० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार आज १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ।

हिजो (बिहीबार)को बैठकमा १० बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरु भीम रावल, घनश्याम भुसाललगायतले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएका थिए।

अध्यक्ष ओलीले माधवकुमार नेपाललगायतका नेताहरुले पार्टी विभाजन गरिसकेको अवस्थामा अब १० बुँदेको एकतारे बजाउनुको अर्थ नरहेको बताएपछि बैठकमा चर्काचर्कीसमेत भएको थियो।

यस्तै‚ बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको दशौँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो। महाधिवेशनका लागि बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन गरिएको थियो।

एमालेले वडा स्तरमा कात्तिक ६ र स्थानीय तह स्तरमा कात्तिक ९ गते अधिवेशन गर्ने तय गरेको छ।

प्रतिक्रिया दिनुहोस