साहित्यकार गीता खत्रीको नियात्रा ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साहित्यकार गीता खत्रीको नियात्रा ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । साहित्यकार गीता खत्रीको नियात्रा कृति ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक भएको छ।

शताब्दी पुरुष सत्यमोहन जोशीको बाहुलीबाट जोशीकै निवासमा कृति सार्वजनिक गरिएको हो।

लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा र साहित्यमा संलग्न साहित्यकार खत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड परिषद्की सभापति पनि हुन्।

कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले समीक्षा गरे। यसैगरी कार्यक्रममा अनेसासका सल्लाहकार तथा निवर्तमान अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र अनेसास बिओटी सल्लाहकार प्रा।डा। खगेन्द्र लुइँटेलले लेखिका खत्रीलाई बधाई दिँदै शुभकामना मन्तव्य राखेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस