नेपाल र इन्डोनेसियाबिचको मैत्रीपूर्ण खेल आज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल र इन्डोनेसियाबिचको मैत्रीपूर्ण खेल आज


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज (शुक्रबार) इन्डोनेसियाको सोही उमेर समूहको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

नेपालले ताजकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्न लागेको हो ।

नेपाल र इन्डोनेसियाबिचको खेल नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ ।

एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजकिस्तान पुगेको नेपालले तयारी स्वरूप इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोट चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालको समूहमा ताजकिस्तान, लेबनान र इरान रहेका छन् । छनोटका ११ समूहका शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस