आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशभर आंशिकदेखि सामान्य बदली रही केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिसँग सम्बन्धित काम गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज (शुक्रबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस