उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस