विराटनगर विमानस्थल शनिबारदेखि सञ्‍चालन हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विराटनगर विमानस्थल शनिबारदेखि सञ्‍चालन हुने


४ कार्तिक २०७८, बिहिबार



विराटनगर । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन गर्ने तयारी गरेको छ । केहि दिनदेखि परेको भारी बर्षाका कारण आएको बाढीले धावनमार्ग जलमग्‍न भएपछि बुधबारदेखि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ।

मंगलबार साँझ मौसम खराबी भएपछि श्री र बुद्ध एयरका अन्तिम उडान रोकिँदा दुवै जहाज यही होल्ड भएका थिए । धावनमार्गमा जमेको पानी बिहीबार सुकेपछि ती जहाजलाई रित्तो अवस्थामा अपरान्ह काठमाडौँ पठाइएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए ।

बिहीबार अपरान्हसम्ममा धावनमार्गमा जमेको पानी सुके पनि विमानस्थल कार्यालय भित्र, ट्याक्सी वे, टर्मिनल भवन र सडकको पानी नसुक्दा उडान सुचारु गर्न समय लागेको खरेलको भनाइ छ ।

शुक्रबार साँझसम्म सबै पानी सुकाएर धावनमार्ग सफा गर्ने, पानीमा डुबेका उपकरणको परीक्षण गरेपछि उपकरण सकुशल रहे शनिबार बिहानदेखि उडान सुरु गर्ने प्राधिकरणको तयारी रहेको खरेलले बताए ।

यो विमानस्थलबाट काठमाडौँसहित पूर्वी पहाडी जिल्लामा सामान्य अवस्थामा दैनिक २१ वटा उडान हुँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस