वाग्मतीमा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाग्मतीमा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु


४ कार्तिक २०७८, बिहिबार



काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु भएको छ । यसअघि सत्तारुढ एमालेले नै बैठक ११ कात्तिकका लागि राख्न आग्रह गर्दै बहिष्कार गर्ने भने पनि बैठकमा एमालेसमेत सहभागी भएको छ ।

बैठकको सुरुमै सभामुखले मुख्यमन्त्री शाक्यलाई आफ्नो भनाइ राख्ने समय दिएका छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा एमाले सरकारले अहिलेसम्म गरेका काम र प्रगतिको विवरण प्रस्तुत गरिरहेकी छिन् ।

एमाले विभाजित भएर नेकपा (एकिकृत समाजवादी) गठन भएपछि वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । भदौ २ मा पहिलो ठूलो दलको हिसाबले मुख्यमन्त्री बनेकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गरेकी थिइन् । २४ असोजमा उनले प्रदेशसभाको बैठक विश्वासको मतको प्रस्ताव पेस गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस