हुम्लामा फसेका चार विदेशी नागरिकको हेलिकप्टरद्वारा उद्धार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हुम्लामा फसेका चार विदेशी नागरिकको हेलिकप्टरद्वारा उद्धार


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीको तुम्लिङमा गत आइतबारदेखिको हिमपातका कारण फसेका चार विदेशी नागरिकको आज (बिहीबार) उद्धार गरिएको छ ।

स्लोभेनियाका चार नागरिकलाई ट्रेकिङ एजेन्सीको सहयोगमा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

चार विदेशी नागरिक, तीन टुरिस्ट गाइड र पाँच जना स्थानीय सो ठाउँमा पाँच दिनदेखि फसेका थिए । त्यस क्षेत्रमा तीन फिटसम्म हिउँ परेकाले उनीहरू रोकिएका थिए ।

हिमाली क्षेत्र लिमीको पदयात्रा सकाएर सदरमुकाम सिमकोट फर्कने क्रममा भारी हिमपात हुँदा फसेका चार विदेशी नागरिकको उद्धार भइसकेको छ ।

अरू आठ जनाको उद्धार हुने क्रम जारी छ । फसेकाहरूले आफैँले हेलिकप्टरको रुपैयाँ तिरेका छन् ।

ट्रेकिङ कम्पनीमार्फत आएका रहेछन् । ट्रेकिङ कम्पनीसँग प्रशासनले समन्वय गरेर उनीहरूकै हेलिकोप्टर पठाइएको हो,” हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने ।

सम्बन्धित समाचार : नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना

Tags :
प्रतिक्रिया दिनुहोस