सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण भएको क्षतिको अध्ययन गरेर थप राहतको व्यवस्था गरिने बताएका छन्।
सुदूरपश्चिम प्रदेशमा भएको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जाने क्रममा सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले बाढी पहिरोले नेपालमा अपूरणीय क्षति गरेको पनि बताए ।
उनले सरकारले राहतको व्यवस्था गरे भन्दै स्थलगत रुपमा अध्ययन गरेर थप राहतको व्यवस्था गरिने जानकारी दिए । उनले भने, ‘बाढी पहिरोले ठुलो जनधनको क्षति गरेको छ । नेपालका लागि यो अपूरणीय क्षति हो । प्रभावित क्षेत्रको निरीक्षण गर्न जाँदै छु । सरकारले अध्ययन गरेर थप राहतको व्यवस्था गर्छ ।’
प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका असरका बारेमा अन्तर्राष्ट्रिय जगतमा कुरा राख्ने बताए। उनले भने, ‘जलवायु परिवर्तनले नेपाललाई पनि ठुलो असर गरेको छ । यसको विषयमा पनि नेपालले अन्तर्राष्ट्रिय जगतमा कुरा राख्छु ।