२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बझाङमा बाढीपहिरोमा परी ९ जनाको मृत्यु, २१ जना बेपत्ता

अ+ अ-

बझाङ । केही दिनयताको तीव्र वर्षासँगै आएको बाढी–पहिरोमा परी बझाङमा हालसम्म नौ जनाले ज्यान गुमाएका छन् । २१ जना अझै बेपत्ता छन् ।

गत मंगलबार बिहान थलारा गाउँपालिका–४ डिक्लामा गएको पहिरोमा परी गगन सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका पाँच जना बेपत्ता थिए । तीमध्ये दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

अहिले बझाङको मौसम सुधार हुँदै गएकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा बेपत्ताको खोजीमा जुटेका छन् । ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका १ सय ४८ घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् ।

पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका बासिन्दा त्रिभुवन मावि महेन्द्रधारमा आश्रय लिइरहेका छन् ।

पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्तको घर र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए ।

उनका अनुसार विद्यालयमा बसिरहेका विस्थापितमध्ये बालबालिका र वृद्धवृद्धालाई बढी समस्या छ ।

यस्तै खप्तडछान्ना गाउँपालिकामा बाढीपहिरोमा परी ६ जनाको मृत्यु भएको छ । डाँडाबाट पहिरो खसेर घर पुरिँदा खप्तडछान्ना, माझीगाँउका ४५ वर्षीय भर्मराज रोकाया र उनकी ४१ वर्षीया पत्नी जैसरा रोकाया, कालुखेतीका ४७ वर्षीय बिरु गिरी र उनकी ४५ वर्षीया पत्नी चन्द्रा गिरी तथा पाटादेवलका धनराज जोशीको मृत्यु भएको हो । एक जनाको पहिचान खुलेको छैन ।

छबिसपाथीभेरा गाँउपालिका–२ मुम्लामा खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको कैलासमा ६० र थलारा गाउँपालिकाका दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

उक्त क्षेत्रमा यति बेला सञ्चारमा समेत समस्या छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतिको पूरा विवरण आउन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस