२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेमौसमी वर्षाले २० प्रतिशत धानबालीमा क्षति

अ+ अ-

काठमाडौँ । बेमौसमी वर्षाले तराई भेग तथा पहाडी क्षेत्रमा २० प्रतिशतसम्म धानबाली क्षति भएको छ।

देशभर यस वर्ष करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेलका अनुसार कुल बालीको करिब १५–२० प्रतिशतसम्म क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

अझै लगातार पानी परिरहेकाले थप क्षति हुन सक्ने उनको अनुमान छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विगतका वर्षभन्दा यस पटक धान रोप्ने मौसम राम्रो भएकाले ९८.३३ प्रतिशतको हाराहारीमा रोपाइँ भएको जनाएको छ। तर, धान भित्र्याउनुअघि नै अधिकांश काटेर राखेको धान खेतमै डुबान र बाढीले बगाउँदा पुरै क्षति हुन पुगेको छ।

मन्त्रालयका अनुसार अहिले करिब २५ जिल्ला बढी प्रभावित छन्। विशेष गरी लुम्बिनी, सुदूरपश्चिम, प्रदेश १ र २ का जिल्लाहरूमा बढी क्षति पुगेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए।

गत वर्ष १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५६ लाख २१ हजार ७१० मेट्रिक टन उत्पादन भएको थियो। तर, मन्त्रालयले यस वर्षको अनुमानित उत्पादनको तथ्याङ्क प्रसारण गर्ने अन्तिम चरणमा पुगेका बेला वर्षाले क्षति पुर्‍याएको मन्त्रालयका प्रवक्ता सञ्जेलको भनाइ छ।

उनका अनुसार यस पटक मुलुकभर वर्षा समयमै भएकाले रोपाइँ झन्डै शतप्रतिशत हुँदा गत वर्षको भन्दा १५ प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो। डा. पोखरेल भन्छन्, ‘अघिल्लो वर्ष २८ अर्ब र गत वर्ष ४८ अर्ब रुपैयाँ बराबरको धान भित्र्याएकोमा यस वर्षको क्षतिले घट्ने देखिएको छ।’

तराई क्षेत्रमा मात्रै होइन पहाडी भू–भागको धानखेतीमा समेत क्षति पुगेको छ। प्रदेश १ र २ का जिल्लाहरू प्रभावित बनेका छन्। प्रदेश १ अन्तर्गत झापा, मोरङ र सुनसरीमा, प्रदेश २ अन्तर्गत सर्लाही र सप्तरीमा र कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा धानखेती प्रभावित बनेको छ मन्त्रालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस