बाढीका कारण सुनसरीमा ३ जनाको मृत्यु, छ बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाढीका कारण सुनसरीमा ३ जनाको मृत्यु, छ बेपत्ता


३ कार्तिक २०७८, बुधबार


इनरुवा । आइतबारको वर्षासँगै आएको बाढी कारणले सुनसरीमा बुधबार तीन जनाको मृत्यु भएको छ भने छ बेपत्ता भएका छन् । मृत्यु हुनेमा धरान-६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी-३ का चन्द्रमणि काफ्ले र धरान-११ का भोगेन्द्र राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

त्यसैगरी बाढीमा परेर छ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा इटहरी-२ का रोशन बुढाथोकी, इटहरी–७ का कैलाश मण्डल, इटहरी-२ का योगेन्द्र तिवारी, इटहरी-३ का राजकुमार राई, इटहरी-९ का विनोद पराजुली र भोक्राहा नरसिंह गाउँपालिका-७ का कलर मण्डल रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी जारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस