सरकारलाई देश बनाउने होइन, साठगाँठ जोगाउने चिन्ता छ : ओली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारलाई देश बनाउने होइन, साठगाँठ जोगाउने चिन्ता छ : ओली


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारको अहिलेको जस्तो बेहाल कहिल्यै, कुनै कालमा पनि नभएको बताएका छन् । उनले सरकारमा रहेका दलहरुलाई देश बनाउनेभन्दा पनि साठगाँठ जोगाउने चिन्ता धेरै रहेको बताए ।

बुधबार काठमाडौँमा एमालेको वाग्मती प्रदेश अधिवेशन आयोजक समिति बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारको त कुरै नगरौँ । यत्ति बेहाल, यस्ता मान्छे त यो कुनै कालमा पनि देखिएन । यत्ति साह्रो बेहाल भएको छ कि सरकार देश बनाउने होइन, ध्यान नै साठगाँठ जोगाउने कुरामा मात्रै छ ।’

उनले साठगाँठ नगरीकन आगामी चुनावमा एउटा वडा पनि जित्ने अवस्था नरहेको बताए । ‘लडाइँ एमाले र कांग्रेसका बीचमा मात्रै हो । अरुले त साठगाँठ नगरीकन एउटा वडा पनि जित्दैन । हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँग मात्रै हो । कांग्रेसले जनताका बीचमा गएर के गरेँ भन्ने रु के देखाउने रु त्यो नै छैन,’ ओलीले प्रश्न गर्दै भने, ‘अहिले कांग्रेस नेतृत्वको सरकार छ, तर यो सरकार आलोचना गर्न पनि लायक छैन । टिप्पणी गर्न पनि लायक रहेन ।

Tags :
प्रतिक्रिया दिनुहोस