बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार, राहत गर्न मानव अधिकार आयोगका आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार, राहत गर्न मानव अधिकार आयोगका आग्रह


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । मानव अधिकार आयोगले अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परार्श र पुनर्स्थापनामा तीव्रता दिन आग्रह गरेको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै बाढी पहिरो प्रभावितहरुको खोज, उद्धार, उपचार तथा मनोसामाजिक परार्शमा तीव्रता दिन आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘ अतः प्राकृतिक विपद्बाट हुन जाने थप जोखिमको न्यूनीकरण गर्न, विपद् प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परार्श र पुनस्र्थापनामा सरोकारवालासँग समन्वय र सहकार्य गरी नागरिकको जीऊ धनको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

यसका साथै मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरुले निर्दिष्ट गरे अनुरुप व्यक्तिको जीऊ धनको सुरक्षा, आधारभूत आवश्यकताको परिपूर्ति लगायत विपद्को अवस्थामा आवश्यक अन्य मानव अधिकारको सुनिश्चिता गर्ने कार्यमा संघ, प्रदेश तथा स्थानीय तह लगायत अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्न सबै पक्षलाई आयोगले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस