न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) यही साताको शुक्रबार बाँडफाँड हुने भएको छ ।

कम्पनीले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी प्रि–अलटमेन्ट सम्पन्न गरेको छ । आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले धितोपत्र बोर्डसँग आईपीओ बाँडफाँडको अनुमति माग्दै पत्र पठाइसकेको छ ।

बोर्डबाट स्वीकृत आएपछि क्यापिटलले शुक्रबार बाँडफाँड गर्ने तयारी थालेको हो ।

न्यादीले असोज १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित २२ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो ।

जसमध्ये कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बसेको २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस