सरकारले अभिभावक भएको आभास दिलाउने समय अहिले नै हो : नेता थापा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारले अभिभावक भएको आभास दिलाउने समय अहिले नै हो : नेता थापा


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले विपद्को समयमा सरकारले अभिभावक भएको आभास दिलाउनु पर्ने बताएका छन्।

केहि दिन देखिको वर्षाका कारण सुदूरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी,पहिरोले जनजीवन अस्तव्यस्त भएको सन्दर्भमा उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

‘यो बेलानै हो सरकारले अभिभावक भएको आभास दिलाउने। प्रधानमन्त्रीज्यू आफन्त गुमाएका,विस्थापित भएका,खेतिबाली नष्ट भएका,जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्,दुखमा सहानुभुतिको महसुस गराउनुहोस्’ उनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस