हुम्लामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हुम्लामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । हुम्लामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।

गए राति ९ बजेतिर खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पहिरोले पुरेको हो ।

पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित परिवारका ६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।

धनविरेकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाहीको पनि पहिरोमा परेर मृत्यु भएको छ ।

कलबहादुरका तीन जना छोरा १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र ३ वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

२० मिटर माथिबाट आएको पहिरोले घर पुरेको हो ।

घटनामा मृत्यु भएका चार जनाको शव निकालिएको छ भने २ जनाको निकाल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस