सप्तकोसीमा पानीको बहाव उच्च, ब्यारेजका ४२ वटा ढोका खोलिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सप्तकोसीमा पानीको बहाव उच्च, ब्यारेजका ४२ वटा ढोका खोलिए


३ कार्तिक २०७८, बुधबार


विराटनगर । केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्याधिक वर्षा भइरहेकाले कोसीमा पानीको बहाव उच्च भएको हो ।

आज (बुधबार) बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।

पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कता सूचक रातो बत्ती बालिएको छ ।

नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ । सुनसरी प्रशासनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस