इनरुवा सबस्टेशन डुबानमा , कार्यरत मजदुरहरुको बेहाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इनरुवा सबस्टेशन डुबानमा , कार्यरत मजदुरहरुको बेहाल


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । इनरुवा सबस्टेशन डुबानमा पर्दा त्यहाँ कार्यरत मजदुरहरुको पनि बेहाल भएको छ ।

उपकरणहरु जडान कार्यमा संलग्न मजदुरहरु बसेको कोठाभित्रै कम्मरसम्म डुबाउने पानी छ ।

उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले डुंगामार्फत् उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । त्यसअघि उनीहरु कोठाभित्रकै अग्लो स्थानमा बसेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका थिए ।

कोठाभित्र रहेका खानेकुरा, कपडा, प्रयोग गर्ने औजार सबै डुबानमा परेको उनीहरुले बताएका छन् ।

अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/ १३२ /३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठुलो क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आगामी पुसभित्र (डिसेम्बर २०२१भित्र) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस