माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सम्बन्धी कार्यतालिका संशोधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सम्बन्धी कार्यतालिका संशोधन


२ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज (मंगलबार)बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गरिएको पर्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ । माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन पनि गरेको छ ।

माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।

यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५–२५ सदस्यीय गठन गरेको छ । निर्वाचन आयोग विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशल कुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको प्रवक्ता महराले जानकारी दिए । ।

Tags :
प्रतिक्रिया दिनुहोस