छुरा हानेर सांसदको हत्या « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

छुरा हानेर सांसदको हत्या


३० आश्विन २०७८, शनिबार


चक्कु प्रहार

लन्डन । बेलायतमा एक सांसदको छुरा हानेर हत्या गरिएको छ । 

साउद इन्ड वेस्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रवार छुरा प्रहार भएको जनाइएको छ । 

एसेक्सको साउद इन्ड वेस्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो वेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।

आक्रमणकारीले सांसद डेभिडमाथि पटक-पटक छुरा प्रहार गरेको पोस्टमार्टम रिपोर्टमा देखिएको छ । सांसदको हत्याको आशङ्कामा २५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन् । 

१९८३ देखि सांसद रहेका अमिस साउद इन्ड वेस्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस