भुटानको दसैँ विशेष भएको छ ‘भुटानी प्रधानमन्त्री छिरिङ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भुटानको दसैँ विशेष भएको छ ‘भुटानी प्रधानमन्त्री छिरिङ’


२९ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । भुटानका प्रधानमन्त्री लोटे छिरिङले दसैँको अवसरमा नेपालीसहित नेपालीभाषीहरुलाई शुभकामना व्यक्त गर्दै यो दसैँ विशेष भएको बताएका छन् ।

‘महत्त्वपूर्ण चाड दसैँमा सबै आमा(बुवा, दाजु(भाइ, दिदी–बहिनीमा म र मेरो परिवार हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ । यस विशेष चाडमा सबैको सुख शान्ति र समृद्धिको कामना गर्दछौँ,’ छिरिङले भिडियोमार्फत भनेका छन् ।

साथै यस वर्ष भुटानको दसैँ पर्व विशेष रहेको पनि उनले बताएका छन् । भुटानका राजा रानीले विवाह गरेको १० वर्षको अवसरमा यस वर्षको दसैँ विशेष भएको उनले बताएका छन् ।

‘भुटानमा यस वर्षको दसैँ विशेष भएको छ । यस पटक श्री ५ महाराजाधिराज र महारानीको विवाह भएको १० वर्ष पुगेको छ । उहाँहरूले हामीलाई सुख दिन धेरै मेहनत गर्नुभयो । जसको लागि उहाँहरूलाई हामीले सधैँ धन्यवाद दिएका छौँ । साथै उहाँहरूले हामीलाई राजकुमार दिनुभएकोमा हामी खुसी छौँ,’ प्रधानमन्त्री छिरिङले भनेका छन् ।

कोभिड महामारीका कारण भेटघाट गर्न र टीका लगाउन सुरक्षित नहुने भएकाले संयम भएर दसैँ मनाउन उनले आग्रह गरेका छन् । कोभिड सङ्क्रमणबाट अति कम क्षति भएका विश्वभरका देशमध्ये भुटान पनि एक हो ।

प्रधानमन्त्री छिरिङले शुभकामना सन्देशको क्रममा आफ्ना राजाको आशीर्वादका कारण क्षति बढ्न नपाएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस