तलेजुमा बलिरहित पूजा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

तलेजुमा बलिरहित पूजा


२७ आश्विन २०७८, बुधबार


काठमाडौँ । भक्तपुरको तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ ।

हरेक वर्ष दसैँमा आज तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । 

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए । गुठी संस्थानको खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा गत वर्ष र यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको उहाँले जानकारी दिए । 

तलेजुलाई मूल चोकको दसैँ घरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत यस वर्ष रोकिएको छ । कोरोनाकै कारण गत वर्ष र यस वर्ष तलेजुलाई मूल घरबाट दसैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए । 

त्यसैगरी यस वर्ष कुमारीलाई काठमाडौँस्थित कुमारी घरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भए पनि यस वर्ष भने कुमारीलाई तलेजुमा ल्याइएको छैन । यस वर्ष कुमारी जीविका बज्राचार्यलाई काठमाडौँमा राखेर पूजा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस