मोरङमा भारतीय लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, ३ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोरङमा भारतीय लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, ३ जना पक्राउ


२५ आश्विन २०७८, सोमबार


विराटनगर । मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ ।

धानपालथान गाउँपालिकास्थित  सिटिजन्स बैंकको कर्सिया शाखामा आज (सोमबार) दिउँसो रकम लुट्ने प्यास गरेका थिए ।

बैंकबाट रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोख्दा लुटेरा समूहले गोली चलाएका थिए । लुटेरा समूहले चलाएको गोली लागेर बैंकका गार्ड घायते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको छ । पक्राउ परेकामध्ये एक जनाको तीघ्रामा गोली लागेको प्रदेश प्रहरी कार्यालय स्रोतले बतायो ।

पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ, यद्यपि उनीहरु भारतीय नागरिक भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । थप अनुसन्धान जारी रहेको स्रोतले बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस