न्याय सेवाकी अधिकृत पोखरेलसँग वैबाहिक जीवनमा बाँधिए मनोज गजुरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

न्याय सेवाकी अधिकृत पोखरेलसँग वैबाहिक जीवनमा बाँधिए मनोज गजुरेल


२५ आश्विन २०७८, सोमबार



काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन्। केही समयअघि उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको जानकारी समेत दिएका थिए।

गजुरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग वैबाहिक जीवनमा बाँधिएका हुन्। सामाजिक सञ्जालमा विवाहको फोटो पोष्ट गर्दै गजुरेलले सुखद् जानकारी भन्दै जानकारी समेत बाँडेका छन्।

उनले तीन वटा फोटो राख्दै बिबाहको बारेमा जानकारी दिएका हुन्। परिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुवाआमालाई खाना खुवाएर÷खाएर विवाह सम्पन्न गरेको गजुरेलले भनेका छन्।

उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो। प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो।

उनीहरूका एक छोरा र छोरी रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस