७३ जना उपसचिवको सरुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

७३ जना उपसचिवको सरुवा


२५ आश्विन २०७८, सोमबार


काठमाण्डौं । अर्थ मन्त्रालयले ७३ जना उपसचिवको सरुवा गरेको छ।

मन्त्रालयले मातहतका निकायहरूमा कार्यरत उपसचिवस्तरका प्रमुख कर अधिकृत, निर्देशक, प्रमुख भन्सार अधिकृत, वरिष्ठ प्रशिक्षक र वरिष्ठ तथ्यांकशास्त्रीलगायतको सरुवा गरेको हो । 

पछिल्लो समय उपल्लो तहका धेरै कर्मचारीको सरुवा भएको छ । सरुवा नियमित प्रक्रिया नै भए पनि राजनीतिक तथा अन्य सेटिङमा भएको सरुवालाई भने निजामतीको विकृतिका रूपमा अर्थ्याइएको छ । 

अर्थका केही महत्वपूर्ण कार्यालयमा जान ठूलै तछाडमछाड मात्रै होइन, सबैतिरबाट मिल्नुपर्ने भन्दै आन्तरिकरुपमा निकै शक्तिसंघर्ष चल्ने गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस