हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।

राजापुर १० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ एक किमी टाढा बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षका बेचन दहितको मृत्यु भएको हो ।

घर फर्किँदै गर्दा गए राति उनलाई हात्तीले सुढ र खुट्टाले कुल्चिएको अनुमान गरिएको छ। आज बिहान बेचन मृत अवस्थामा फेला परेका थिए ।

मृतकको शरीरमा हात्तीले कुल्चिएको डाम देखिएको छ । घटनास्थल वरपर हात्तीका पाइला पनि देखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस