काठमाडौँ उपत्यकामा सहुलियतमा खसी-बोका बिक्री सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ उपत्यकामा सहुलियतमा खसी-बोका बिक्री सुरु


२३ आश्विन २०७८, शनिबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (शनिबार) देखि चाडपर्व लक्षित सहुलियत मूल्यमा खसी-बोका बिक्री गर्न सुरु भएको छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री सुरु गरेको हो । कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी-बोका किन्न पाइन्छ ।

कम्पनीले यो वर्ष खसी-बोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरेको छ । प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । जसअनुसार खरिदकर्तालाई प्रतिकिलो ६४० पर्ने कम्पनीले जनाएको छ ।

यो मूल्य गत वर्षको भन्दा ९० रुपैयाँ बढी हो । गत वर्ष कम्पनीले प्रतिकिलो ५५० मा खसी-बोका बिक्री गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस