उत्साह र इमानदारिताका साथ काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उत्साह र इमानदारिताका साथ काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । 

मन्त्रिपरिषद्लाई पूर्णता दिए लगत्तै आज शुक्रवार बेलुकी सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको आवश्यकता अनुसार उत्साह र इमानदारिताका साथ नागरिकको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका हुन् । 

सो अवसरमा नवनियुक्त मन्त्रीहरूको कार्यकालको पूर्ण सफलताको कामनासमेत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरूलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सबै मन्त्रीलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । देशको आवश्यकताअनुसार उत्साह र इमानदारिताका साथ काम गर्न जनअपेक्षाअनुसार अगाडि बढ्नका निम्ति सबै मन्त्रीलाई निर्देशन दिनुभएको छ । आजको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने, २०७८र०५र२५ मा गठित मन्त्रिपरिषद् समितिहरू पुनर्गठन गर्ने निर्णय गरिएको छ ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस