प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् बिस्तार, यी हुन् नयाँ मन्त्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् बिस्तार, यी हुन् नयाँ मन्त्री


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् भने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सारिएका छन् । 

मन्त्रालय भागबन्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा तानिएका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस