कपिलवस्तुमा फैलिएको झाडापखाला बारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले पठायो टोली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कपिलवस्तुमा फैलिएको झाडापखाला बारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले पठायो टोली


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला र पानीजन्य प्रकोपबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक टोली पठाएको छ ।

महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र डब्ल्यूएचओका तर्फबाट डा. रवीन गौतम सम्मिलित टोली प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको हो ।

प्रकोपको नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धानका लागि औषधि तथा आवश्यक सामग्री सहित चिकित्सकको टोली बिहीबार बिहानै प्रभावित क्षेत्रमा परिचालित भएको छ ।

प्रकोपबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । कृष्णनगरको वडा नम्बर ३, ४, ७, ८, ९ र १२ मा गरी ३७० जना मानिस बिरामी परेको स्रोतले बताएको छ । जसमध्ये २२८ जना अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचारपछि डिस्चार्ज भइसकेका छन् । उपचाररत मध्ये ३२ जनालाई तौलीहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस