पाँच सयले बढ्याे सुनको मूल्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाँच सयले बढ्याे सुनको मूल्य


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला ८९ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४०० तोकिएको छ । त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला ८९ हजार ९५० पुगेको छ । बुधबार प्रतितोला ८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।

महासङ्घका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला १० ले बढेर एक हजार १७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला एक हजार १६० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस