२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् विस्तार : माओवादीले मन्त्रीहरूको नाम टुंग्यायो, अरूलाई मन्त्री छान्नै सकस

अ+ अ-

काठमाडौँ । सत्तारूढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

माओवादीको स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल सुनिल, महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय हिजो (बुधबार) गरेको थियो।

माओवादीको भागमा ५ मन्त्रालय परेको छ। यसअगाडि अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन्।

माओवादीले एक राज्यमन्त्री पनि पाउनेछ। राज्यमन्त्रीमा बोधमाया यादवलाई पठाउने माओवादीको तयारी छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनबाट गत असार २९ मा प्रधानमन्त्री बनेका थिए।

उनले अहिलेसम्म काँग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै बनाएका छन्। बाँकी मन्त्री बनाउन देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग नाम मागिरहेका छन्।

मन्त्रालयको भागबन्डा मिलिसके पनि मन्त्री क-कसलाई पठाउने भन्नेमा काँग्रेस, जसपा र नेकपा (एकीकृत समाजवादी) कुरा मिलिसकेको छैन।

काँग्रेसले सात मन्त्रालय पाउनेछ। अहिलेसम्म तीन मन्त्री र एक राज्यमन्त्री लिइसकेको काँग्रेसले अब चार मन्त्रालय पाउनेछ।

काँग्रेसको भागमा गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार, सूचना तथा प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद मन्त्रालय परेको छ।

प्रधानमन्त्री देउवाले आफूनिकट बालकृष्ण खाँणलाई गृह मन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइसकेका छन्।

पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि समेट्नुपर्ने दबाबमा देउवा छन्। यसबारे देउवाले बुधबार बालुवाटार बोलाएर पार्टीभित्रका शीर्ष नेतासँग कुराकानी गरेका थिए।

देउवाले पौडेल, महामन्त्री शशाङ्क कोइराला र सिटौलालाई एकेक मन्त्रालयमा मन्त्री हुनेको नाम दिन भनेका छन्। तर पौडेलले कम्तीमा २ मन्त्रालय आफूहरूले पाउनुपर्ने अडान राखेका छन्।

पौडेल समूहभित्र कसलाई मन्त्रीमा पठाउने भन्ने निर्णय हुन सकेको छैन। आकाङ्क्षी धेरै हुँदा पौडेलले मन्त्री छान्न सकेका छैनन्। स्रोतकाअनुसार पौडेलले दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरीलगायतलाई मन्त्री बनाउन चाहे पनि पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि मन्त्रीमा भाग खोजेका छन्। सिंहले उनीनिकट राजन केसीलाई मन्त्री बनाउन चाहेका छन्।

मन्त्रीको संख्या र मन्त्रीमा कसलाई पठाउने पौडेल पक्षले टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै केही समय लाग्ने देखिएको छ।

महामन्त्री कोइरालाले भने सुजाता कोइराला र मिनेन्द्र रिजाल मन्त्री हुनुपर्ने बताएका थिए। कोइराला, सिंह पनि पौडेल पक्षमै रहेकोले क(कसलाई मन्त्रीमा पठाउने भन्ने टुंगो लाग्न सकेको छैन।

सिटौला पक्षले भने उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी गरेको छ। बाँकी एक मन्त्रालय भने देउवाले आफूनिकटलाई नै बनाउन चाहेका छन्। पार्टीकी नेता पुष्पा भुसाललाई मन्त्री बनाउने तयारीमा देउवा छन्।

माओवादीले मन्त्री बन्नेहरूको नाम टुंग्याए पनि कसलाई कुन मन्त्री बनाउने भन्ने टुंगिन बाँकी छ। माओवादीले अब शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा सहकारी, उद्योग वाणिज्य तथा आपूर्ति र खानेपानी मन्त्रालय मन्त्रालय लिने भएको छ।

सत्तारूढ अर्को दल जनता समाजवादी पार्टी जसपाले पनि मन्त्री छान्न सकेको छैन। जसपाले अध्यक्ष द्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत शीर्ष नेतालाई मन्त्री छान्ने अधिकार दिएको छ। सम्भवतः आज उनीहरूले मन्त्री क(कसलाई पठाउने भन्नेबारे टुंगो गर्नेछन्।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ।

नेकपा (एकीकृत समाजवादी) ले पनि मन्त्री हुनेहरूको नाम प्रधानमन्त्री देउवालाई दिइसकेको छैन। संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम तथा रोजगार सामाजिक सुरक्षा, सहरी विकास र कानुन मन्त्रालय यो पार्टीले लिने भएको छ।

अहिले ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री छन्। समाजवादीले कानुन मन्त्रालय लिएपछि कार्कीलाई अर्को मन्त्रालयमा सार्ने तयारी प्रधानमन्त्री देउवाको छ।

प्रधानमन्त्री देउवानिकट एक नेताका अनुसार मन्त्री हुनेहरूको नाम सत्तारूढ गठबन्धनबाट आइसकेको छैन। मन्त्री हुनेहरूको नाम आउन ढिलाइ हुने हो भने अझै केही दिन मन्त्रिपरिषद् विस्तार हुन समय लाग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस