एमालेको नाराबाजीबीच लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमालेको नाराबाजीबीच लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित


२० आश्विन २०७८, बुधबार


बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीका बीच लुम्बिनी प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको छ ।

बुधबार प्रदेशसभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु रोष्टममा पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्न खोजेका थिए ।

तर सभामुख पूर्णबहादुर घर्तीले बैठक अघि बढाए । प्रदेशसभाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश ५ को प्रदेश पदक ऐन २०७६ संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक बहुमतले पारित गरेको छ ।

एमाले सांसदको नाराबाजीकै बीच सभामुख घर्तीले दुवै विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । दुई विधेयक पारित भएसँगै बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ । ४ बजे बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस