२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा सञ्चार सुचारु गर्न हेलिकोप्टरमार्फत सोलार ढुवानी

अ+ अ-

दार्चुला । एक वर्षदेखि सञ्चारविहीन बनेको कालापानी नजिकको गाउँ ब्यास गाउँपालिका–१ छाङरुमा रहेको स्काई टावर सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ ।

छाङरुस्थित स्काई टावर सञ्चालनका लागि नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङ हिजो (मंगलबार) हेलिकोप्टरमार्फत छाङरु पुगेका छन् ।

टावर सञ्चालनका लागि विद्युत् अभाव रहेको र सोलार प्यानल ढुवानी गर्न उपयुक्त बाटोको व्यवस्था नरहेको अवस्थामा व्यासमा चामल ढुवानी गर्न आएको हेलिकोप्टरमार्फत नेपाल टेलिकम दार्चुलासँग रहेका १६ थान सोलार प्यानल समेत ढुवानी गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले जानकारी दिए ।

विद्युत् अभाव र उपकरणमा समस्या देखिएर अवरुद्ध बनेको टावर मर्मत गरेर छाङरु र तिङकर गाउँमा स्काई फोन सेवा सुचारु हुने उनको भनाइ छ । व्यास क्षेत्रमा रहेको स्काई टावरमा हिमपातका कारण एक वर्ष पहिले क्षति पुगेको थियो ।

कालापानी नजिकको गाउँ छाङरु र तिकंरका स्थानीयबासीन्दा सञ्चार सम्पर्क विहीन रहेका छन् । केही महिना पहिले टावर मर्मत गरिएको भए पनि विद्युत् अभावमा राम्रोसँग काम नगरेकाले सोलार जडानपछि सञ्चार सेवा सुचारु हुने नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

व्यासको वडा नम्बर १ का स्थानीयहरु छ महिना गाउँमा र हिमपात हुनेछ, महिना दार्चुला सदरमुकाम खलंगामा बसोबास गर्दै आएका छन् ।

दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडाबाट नेपाल टेलिकमको नयाँ टावर सञ्चालनमा आएको छ । भौतिक निर्माण र उपकरण जडानको काम सम्पन्न भएपछि धुलिगडास्थित टेलिकमको नमस्ते टावर सञ्चालनमा आएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए ।

अहिलेसम्म धुलिगडाका अधिकांश क्षेत्रका नागरिक फोन र इन्टरनेट सेवाको पहुँच बाहिर थिए । नयाँ टावर सञ्चालनमा आएसँगै झन्डै एक हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीय भानसिंह धामीले बताए ।

धुलिगडा टावरमा तत्काल टु जि सेवा सञ्चालन गरिएको र दसैँपछि फोर जि बिटिएर जडान गरिने टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताए। नौगाड गाउँपालिकामा पछिल्लो समय सञ्चार सेवामा सुधार हुँदै गएको छ ।

केही महिना पहिलेदेखि सिप्टी टावरबाट समेत फोर जी सेवा सुचारु गरिएको टेलिकम दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस