नबिल बैङ्कलाई पुनः एसियाली विकास बैङ्कको अवार्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नबिल बैङ्कलाई पुनः एसियाली विकास बैङ्कको अवार्ड


२० आश्विन २०७८, बुधबार


काठमाडौँ ।नबिल बैङ्क लिमिटेडले सन् २०२१ का लागि एसियाली विकास बैङ्कको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैङ्कको अवार्ड पाएको छ । बैङ्कले यो अवार्ड अघिल्लो वर्ष पनि पाएको थियो ।

एसियाली विकास बैङ्कको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैङ्कहरूलाई जमानी र ऋण प्रदान गर्ने जनाइएको छ ।

ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋणमार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्ने बैङ्कले जनाएको छ ।

बैङ्कले १ जुलाई २०२० देखि ३० जुन २०२१ सम्म नेपालमा ट्रेड फाइनान्स प्रोग्रामसँग सबैभन्दा बढी कारोबार गरेको बैङ्कको दाबी छ ।

बैङ्कले देशभरिमा एक सय ३५ शाखा, एक सय ८४ एटिएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस