माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) बस्दै छ।

सरकारमा पठाउने मन्त्रीको नामावली टुङ्गो लगाउन माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ। अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने बताइएको छ।

माओवादीले मन्त्रीको नाम टुङ्ग्याउने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस