सत्ता गठबन्धनको बैठक सकियो , मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सत्ता गठबन्धनको बैठक सकियो , मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सकिएको छ।

आज (मंगलबार) बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो।

कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे आज छलफल भएको थियो।

‘एक दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे आज छलफल भएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सम्भवतः बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिइन्छ कि !’

काँग्रेसका सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। अहिलेसम्म काँग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री छन्। अरू मन्त्रालय प्रधानमन्त्री देउवा नै राखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस